हिन्दू राष्ट्र पुनःस्थापनाका लागि कमल थापाको आग्रह

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले परिवर्तनलाई संस्थागत गर्ने नाममा जनताको अभिमतबिना धर्मनिरपेक्ष देश बनाएकाले त्यो सच्याउनुपर्ने बताएका छन् । उनले राजनीतिक रूपमा गरिएको त्रुटिलाई राजनीतिक रूपमै सच्याएर हिन्दूराष्ट्र र राजसंस्थासहितको प्रजातन्त्रको पुनस्र्थापनाका लागि अभियान सञ्चालन गरेको बताएका छन् ।

नेपाल सनातन धर्म संस्कृति संगठनद्वारा आयोजित काठमाडौं जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले सनातन मूल्य र मान्यताका आधारमा शासनसत्ता सञ्चालन हुनुपर्छ भन्ने मान्यता राख्दै राप्रपाकै नेतृत्वमा नेपालीहरूको पहिचान ‘हिन्दू राष्ट्र’ पुनस्र्थापना गराएरै छाड्ने प्रतिबद्धता व्यक्त गरे । 

परिवर्तनका नाममा शासनसत्ता सुरु भएको १२ वर्षमा दसौं लाख नेपालीलाई सुनियोजित ढंगबाट धर्म परिवर्तन गराइएको बताउँदै अध्यक्ष थापाले यो हदले सीमा नाघेपछि हुन सक्ने आन्दोलनले मुलुकलाई पु¥याउने क्षतिका बारेमा बेलैमा सचेत भई हिन्दू राष्ट्र पुनस्र्थापनाका बारेमा सोच्न सबै राजनीतिक दलहरूलाई आग्रहसमेत गरे । 

अल्पसंख्यकलाई खुसी बनाउने नाममा ९४ प्रतिशत बहुसंख्यकको आस्थामा खलल पुर्याएर नेपाललाई पश्चिमी सांस्कृतिक उपनिवेश बनाउनेतर्फ सहयोग पुर्याउन उद्यत केही राजनीतिक दलहरूलाई कमजोरी सच्याउने अवसर आइसकेको बताउँदै अध्यक्ष थापाले यसैको तयारीस्वरूप राप्रपाले आगामी फागुन ७ गतेदेखि जनसंघर्षका कार्यक्रम अगाडि सारेको समेत जानकारी दिए । 

पार्टीको भ्रातृ संगठन ‘नेपाल सनातन धर्म संस्कृति संगठन’ले स्थापनाको छोटो समयमै संगठनलाई बलियो बनाउँदै लगेकोमा धन्यवाद अध्यक्ष थापाले धन्यवाद दिए । उनले फागुन ७ देखि सुरु हुने जनसंघर्षका कार्यक्रम सफल पार्न नेपाल सनातन धर्म संस्कृति संगठनको महत्त्वपूर्ण भूमिका रहनेसमेत जनाए । 

नेपाल सनातन धर्म संस्कृति संगठनका अध्यक्ष पुष्पराज पुरुषको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा पार्टीका नेता तथा प्रतिनिधिसभा सांसद राजेन्द्र लिङदेन, समाजसेवी एवं राजनीतिज्ञ दीर्घराज प्रसाईं, पण्डित लेखनाथ नेपाल, आचार्य ज्योतिष बालचन्द्र अधिकारी, नेपाल सनातन धर्म संस्कृति संगठनका महासचिव आचार्य सुजन अधिकारीलगायतले आ-आफ्ना धारणा राखेका थिए ।



भेलाले आचार्य बालचन्द्र अधिकारीको संयोजकत्वमा नेपाल सनातन धर्म संस्कृति संगठन काठमाडौं जिल्ला समन्वय समिति समेत गठन गरेको छ ।



  • प्रकाशित मिति : पुस ११, २०७५ बुधबार ११:९:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया