प्रो क्लब क्रिकेट च्याम्पियनसिप : आर्मीको लगातार दोस्रो जित

नेपाल प्रो क्लब च्याम्पिनसिप क्रिकेट प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लबले लगातार दोस्रो जित हात पारेको छ ।

आर्मीले समूह ‘बी’ अन्तर्गत आज सम्पन्न खेलमा बंगलादेशको ट्यालेन्ट हन्ट क्रिकेट एकेडेमीमाथि ८ विकेटको सहज जित हात पारेको हो ।

९७ रनको लक्ष्य आर्मीले १४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍याे । उसका लागि रोहितकुमार पौडेलले अविजित ४१ रनको योगदान दिए । 

२६ बलको सामना गरेका रोहितले पाँच चौका र एक छक्का प्रहार गरे । हरि चौहानले २५ रन जोड्दा भीम सार्की १४ रनमा अविजित रहे ।

ट्यालेन्ट हन्टका लागि एमडी उमर र सन्दीप कुमारले एक-एक विकेट हात पारे। 

त्यसअघि भैरहवाको सिद्धार्थनगरस्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको ट्यालेन्ट हन्टले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ९६ रन बनाएको थियो ।



ट्यालेन्ट हन्टका लागि अबिदुर कैफले सर्वाधिक २३ रनको योगदान दिए ।  उत्तम मगरले १६ र कप्तान मोहम्मद मोशर्रफले अविजितले १५ रन जोडे ।

आर्मीका लागि कुशल मल्लले तीन, सुशन भारी र सोमपाल कामीले दुई-दुई तथा शाहब आलमले एक विकेट हात पारे । 



जितसँगै दुई खेलमा चार अंक जोडेको आर्मीले सेमिफाइनल सम्भावना बलियो बनाउँदा लगातार दोस्रो पराजय बेहोर्दै अंकविहीन ट्यालेन्ट हन्टको भने कठिन बनेको छ । 

आर्मीले पहिलो खेलमा अर्को विभागीय टोली नेपाल एपिएफ क्लबलाई ५१ रनले हराउँदा ट्यालेन्ट हन्ट उत्तर प्रदेश-११ सँग ८ विकेटले पराजित भएको थियो । 

  • प्रकाशित मिति : चैत २७, २०७८ आइतबार १७:१०:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया