ला लिगामा बार्सिलोनाको पुनरागमन जित

स्पेनिस ला लिगामा बार्सिलोनाले पुनरागमन जित निकालेको छ । एक गोललेपछि परेको अवस्थालाई उल्टाउँदै बार्सिलोनाले घरेलु टोली लेभान्तेमाथि ३–२ को रोमाञ्चक जित निकालेको हो । 

गएराति स्टेडियम सिउडाड डि भ्यालेन्सियामा खेलको ५२ औं मिनेटमा जोसे लुइस मोरालेसले पेनाल्टीमार्फत गोल गर्दै लेभान्तेलाई सुरुवाती अग्रता दिलाएका थिए ।

५९ औं मिनेटमा पिएरे एम्रिक औबामियाङले बार्सिलोनालाई १–१ को बराबरीमा ल्याए । ६३ औं मिनेटमा पेड्रीले गोल गर्दा पाहुना टोली २–१ ले अघि बढ्यो ।

८३ औं मिनेटमा गोन्जालो मेलेरोले घरेलु टोलीलाई २–२ को बराबरीमा ल्याए । थप गरिएको समयमा लुक डी जोङले गोल गरेपछि बार्सिलोनाले ३–२ को रोमाञ्चक जित निकाल्यो ।

जितसँगै दोस्रो स्थानको बार्सिलोनाले ३० खेलमा ७० अंक जोड्दा पराजित लेभान्ते ३१ खेलमा २२ अंकका साथ १९ औं स्थानमा छ ।  





  • प्रकाशित मिति : चैत २८, २०७८ साेमबार ७:९:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया