चर्चामा राष्ट्रपतिको ट्विट

काठमाडौं– अहिले सामाजिक सञ्जालमा राष्ट्रपति कार्यालयले जारी गरेको एउटा विज्ञप्ति भाइरल भइरहेको छ । राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा राष्ट्रपति विद्यादेवी भण्डारीले ट्विट गरेको विषय लेखिएको छ ।

राष्ट्रपति भण्डारीले पुस ८ गते कालिकोटमा भएको आगलागीका विषयमा ट्विट गरेको विषयलाई उनको कार्यालयले विज्ञप्ति जारी गरेर सार्वजनिक गरेको हो । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेको हस्ताक्षरमा जारी विज्ञप्तिमा लेखिएको छ, ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले कालिकोट जिल्ला पालाता गाउँमा २०७५ पुस ८ गते भीषण आगलागी भएको विषयमा ट्विट गर्नुभएको छ । ट्विटको व्योहोरा संलग्न छः’

 

राष्ट्रपतिले गरेको टिव्टलाई पनि विज्ञप्तिका रूपमा राखेको भन्दै सामाजिक सञ्जालमा अहिले आलोचना सुरु भएको छ । राष्ट्रपतिले ट्विट गरेको विषयलाई विज्ञप्ति बनाउने देश नेपाल मात्र हो कि अरू पनि छन् भन्दै सामाजिक सञ्जालमा प्रश्न गर्न थालिएको छ । 

सामाजिक सञ्जाल फेसबुकमा राम लोहनी लेख्छन्, ‘राष्ट्रपतिले ट्विट गरेको भनेर विज्ञप्ति जारी गर्नुपर्ने मुलुक नेपालबाहेक अरू कुनै छ ? अनि ट्विटको टेक्स्ट पनि विज्ञप्तिमा राख्नु छ भने सोझै विज्ञप्ति जारी गरे भइगयो नि !  कि हाम्रा राष्ट्रपतिलाई ट्विट गर्न पनि आउँछ भन्ने सन्देश दिएको ? कि राष्ट्रपतिले दुःख व्यक्त गर्न ट्विटजस्तो महान् माध्यम अपनाउनुभएको छ, हेर्नुस् हाम्रा राष्ट्रपतिको विशाल हृदय भनेर प्रजाजनलाई बताउनु हो ?’



 



राष्ट्रपतिको ट्विटलाई विज्ञप्ति बनाइएको विषयलाई व्यंग्य गर्दै सामाजिक सञ्जाल ट्विटरमा निर्झरणी बनर्जी लेख्छिन्, ‘मैले पनि दुई–चारोटा समसामयिक टुइ गरेकी थें विज्ञप्ति निकाल्दिम कि भनेर सोच्दै छुँ ।’


 

  • प्रकाशित मिति : पुस ११, २०७५ बुधबार १२:५०:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया