मालपोत कार्यालय धनुषाका निमित्त प्रमुख ५ लाख घुससहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मालपोत कार्यालय धनुषाका निमित्त प्रमुखलाई घुससहित पक्राउ गरेको छ । 

मालपोत कार्यालय धनुषाका निमित्त प्रमुख सुनिल कुमार झालाई अख्तियारको टोलीले ५ लाख घुस रकमसहित पक्राउ गरेको हो । 

जनकपुरधामको भानुचोकबाट अख्तियारको बर्दिबास कार्यालयबाट खटेको टोलीले झालाई  आज बिहान नियन्त्रणमा लिएको हो । 

उनले जग्गाको हकछाप मुद्दाको फैसला गर्नका लागि सेवाग्राहीसँग ५ लाख रुपैयाँ घुस लिएको पाइएको अख्तियारले जनाएको छ । 





  • प्रकाशित मिति : चैत २८, २०७८ साेमबार ९:३०:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया