मस्क ट्विटरकाे बाेर्डमा नबस्ने

कार कम्पनी टेस्लाका प्रमुख कार्यकारी अधिकृत तथा स्पेस एक्सका संस्थापक एलन मस्क ट्विटरको निर्देशक बोर्डमा सामेल नहुने भएका छन् ।

ट्विटरका सिइओ पराग अग्रवालले सामाजिक सञ्जाल ट्विटरमार्फत् यो जानकारी दिएका हुन्।

उनले लेखेका छन्, ‘बोर्डमा एलनको नियुक्ति औपचारिक रूपमा ४/९ देखि लागू हुने थियो, तर एलन अब बोर्डमा सामेल हुन चाहँदैनन् ।’ 

मस्क धनाढ्यहरूको सूचीको शीर्ष स्थानमा छन् । उनले केही दिनअघि मात्रै ट्विटरको ९.२ प्रतिशत सेयर किनेका थिए । 

फोर्ब्सले हालै सार्वजनिक गरेको अर्बपतिहरूको सूचीमा मस्क २१९ अर्ब डलरसहित पहिलो स्थानमा छन् । 





  • प्रकाशित मिति : चैत २८, २०७८ साेमबार १०:३२:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया