कास्कीको रूपामा एमालेका ३ वडाअध्यक्ष सर्वसम्मत सिफारिस

स्थानीय तहको चुनाव नजिकिएसँगै कास्कीमा दलहरूले आफ्ना उम्मेदवारको खोजी सुरु गरेका छन् । 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले वडा तहबाट उम्मेदवार सिफारिस सुरु गरेको छ। 

एमालेले रूपा गाउँपालिकाका ३ वटा वडामा सर्वसम्मत उम्मेदवार सिफारिस गरेको हाे ।

वडा नम्बर ५, ६ र ७ मा सर्वसम्मत उम्मेदवार टुंगो लागेको एमाले रूपा गाउँपालिकाले जनाएको छ । 

वडा नम्बर ५ मा राजन खनाल, ६ मा नारायण गुरुङ र ७ मा कृष्ण सुवेदी वडाध्यक्षको अन्तिम उम्मेदवार बनेका छन् ।

यसअघिको निर्वाचनमा ५ र ६ एमालेले जितेको हो भने ७ मा कांग्रेसले वडाध्यक्ष र एकजना सदस्य जितेको थियो ।



अध्यक्षसहित सदस्यहरूको नाम समेत सिफारिस भएको बताइएको छ । 

बाँकी वडाहरूमा आजै साँझसम्म आन्तरिक प्रतिस्पर्धाबाट उम्मेदवारको टुंगो लाग्ने एमालेले जनाएको छ ।



  • प्रकाशित मिति : चैत २८, २०७८ साेमबार १५:२०:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया