पाकिस्तानमा इमरान खानकाे पार्टीले देशव्यापी रूपमा विराेध गर्ने

पाकिस्तानमा इमरान खानकाे पार्टी तेहरिक-इ-इन्साफ पार्टीले देशव्यापी रूपमा विराेध गर्ने निर्णय गरेकाे छ ।

संसदमा अविश्वासको प्रस्तावमार्फत प्रधानमन्त्री इमरान खानलाई सत्ताच्युत गरेको र पाकिस्तान मुस्लिम लिग-एनका अध्यक्षको नेतृत्वमा नयाँ प्रधानमन्त्री नियुक्ति पक्रिया सुरु गरेकाले विराेध गर्न निर्णय गरेकाे हाे ।

‘हामीले बुधवारदेखि पेशावरबाट राष्ट्रव्यापी अभियान सुरु गर्दैछौं’, पिटिआई नेता र पाकिस्तानका पूर्वसूचनामन्त्री फवाद चौधरीले भने । 

निवर्तमान प्रधानमन्त्री खानले बुधबार पेसावरमा जनसभालाई सम्बोधन गर्ने उनले जानकारी दिए ।

अविश्वासको प्रस्तावमार्फत् इमरान खानलाई प्रधानमन्त्री पदबाट हटाएको विरोधमा पिटिआईका समर्थकहरूले संयुक्त अरब इमिरेट्सको दुबईमा आइतबार विरोध प्रदर्शन गरेका थिए ।
 





  • प्रकाशित मिति : चैत २८, २०७८ साेमबार १५:२६:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया