बंगलादेश विरुद्धको टेस्ट सिरिजमा दक्षिण अफ्रिकाको क्लिन स्विप

दक्षिण अफ्रिकाले बंगलादेशविरुद्ध दोस्रो तथा अन्तिम टेस्टमा ३३२ रनको सानदार जित हात पारेको छ । 

यो जितसँगै घरेलु टोली दक्षिण अफ्रिकाले दुई खेलको सिरिजमा क्लिन स्विप गरेको छ । 

पहिलो टेस्टमा दक्षिण अफ्रिका २२० रनले विजयी भएको थियो । 

४१३ रनको लक्ष्य पछ्याएको बंगलादेशले दोस्रा पारीमा सबै विकेट गुमाउँदै मात्र ८० बनाउन सक्यो ।  

बंगलादेशका लिटोन दासले सर्वाधिक २७, मेहदी हसनले २० र तमिम इक्वालले १३ रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।  

बंगलादेशको इनिङ्स धराशायी बनाउन केशव महाराजले ७ तथा सिमोन हार्मरले ३ विकेट लिए । 



दक्षिण अफ्रिकाले ६ विकेट गुमाउँदै १७६ रन बनाएपछि दोस्रो पारी समाप्तीको घोषणा गरेको थियो । 

दक्षिण अफ्रिका लागि सारेल एर्वीले सर्वाधिक ४१ रनको योगदान दिए काइल भेरानेले अविजित ३९,तेम्बा बावुमा ३० र कप्तान डिन एल्गरले २६ रन जोडे । 



बंगलादेशका लागि तैजुल इस्लामले तीन, मेहदी हसनले दुई तथा खलिद अहमदले एक विकेट हात पारे । 

यसअघि सेन्ट जर्ज पार्कमा टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले पहिलो पारीमा  सबै विकेट गुमाउँदै ४५३ रन बनाएको थियो । 

केशव महाराजले सर्वाधिक ८४ रन बनाए । ९५ बलको सामना गरेका उनले नौं चौका र तीन छक्का प्रहार गरे । कप्तान डिन एल्गरले ८९ बलमा १० चौकासहित ७० रन जोडे ।

६७ रनको योगदान दिएका तेम्बा बावुमाले १६२ बलमा सात चौका प्रहार गरे । केगन पिटरसनले १२४ बलमा नौं चौकासहित ६४ रन बनाए । 

बंगलादेशका तैजुल इस्लामले ६, खलिद अहमदले तीन र मेहदी हसनले एक विकेट हात पारे ।  

बंगलादेश दोस्रो पारीमा सबै विकेट गुमाउँदै २१७ रनमा समेटिएको थियो । उसका लागि मुस्फिकुर रहिमले सर्वाधिक ५१ रन जोडे । १३६ बलको सामना गरेका उनले आठ चौका प्रहार गरे । 

तमिम इक्वालले ४७, यसिर अलीले ४६ र नजमुल हुसेनले ३३ रन बनाए । दक्षिण अफ्रिकाका सिमोन हार्मर र वियान मुल्डरले तीन-तीन तथा केशव महाराज र डुआन ओभियरले दुई-दुई विकेट हात पारे । 

  • प्रकाशित मिति : चैत २८, २०७८ साेमबार १७:६:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया