अर्थमन्त्री शर्माकाे आराेप : देशको अर्थतन्त्र संकटमा गयो भन्दै कुप्रचार गरियो
फाइल फाेटाे

अर्थमन्त्री जनार्दन शर्माले देशको अर्थतन्त्रका विषयमा कुप्रचार गरिएको आरोप लगाएका छन् । 

अर्थ मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले देशको अर्थतन्त्र ठूलो संकटमा गएको भन्ने विषय कुप्रचार मात्र भएको बताए । 

यसअघि हिजो नेकपा एमालेले पत्रकार सम्मेलन गर्दै देशको अर्थतन्त्र धरासायी बन्दै आएको र इतिहासमै पहिलो पटक कमजोर बनेको बताएको थियो । 

एमालेले देशको अर्थतन्त्रबारे जानकारी दिन पत्रकार सम्मेलन आयोजना गरेको भाेलिपल्ट अर्थमन्त्रीले पत्रकार सम्मेलन गरेका हुन् । 

उनले अर्थतन्त्रका सूचना कमजोर भएपनि धरासायी नै नबनेको प्रस्ट पारे ।

‘बाहिर अर्थतन्त्र डुबिसक्यो, धरासायी बन्यो, टाट पल्टिसक्यो भनेर कुप्रचार गरिरहेको देखिएको छ । त्यस्तो कुप्रचार गर्नु आवश्यक छैन’, मन्त्री शर्माले भने । 



अर्थतन्त्र कमजोर अवस्थातिर गइरहेको भन्दै त्यसका लागि सरकारले विभिन्न प्रयास गरिरहेको बताए । 



  • प्रकाशित मिति : चैत २८, २०७८ साेमबार १७:२१:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया