प्रो क्लब क्रिकेट च्याम्पियनसिप : मलेसियाको पहिलो जित

नेपाल प्रो क्लब च्याम्पियनसिप क्रिकेट प्रतियोगितामा मलेसिया-११ ले पहिलो जित दर्ता गरेको छ । 

मलेसियाले समूह ‘ए’ अन्तर्गत आज सम्पन्न खेलमा पुस स्पाेर्ट्स दिल्लीमाथि सात विकेटको जित हात पारेको हो ।

१३३ रनको लक्ष्य मलेसियाले १७.३ ओभमा तीन विकेट गुमाउँदै पूरा गर्‍याे । उसका लागि कप्तान अहमद फैजले अविजित ३९ रनको योगदान दिए ।

वीरन्दीप सिंहले ३३ रन जोड्दा मोहम्मद अमिर २५ रनमा अविजित रहे । पुस स्पोर्ट्सका लागि विशेष सरोह, प्रनय प्रसाद र स्पर्शले एक-एक विकेट हात पारे।  

यसअघि भैरहवाको सिद्धार्थनगरस्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको पुस स्पाेर्ट्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३२ रन बनाएको थियो । 

पुस स्पाेर्ट्सका लागि कप्तान म्रिगंक पाठले सर्वाधिक ३९ रनको योगदान दिए । मायंक गुप्ताले ३३, अविषेक अग्रवालले २६ र इशान पाण्डेले १९ रन जोडे ।



पुसले पारीको अन्तिम ओभमा ६ विकेट गुमाएको थियो । 

मलेसियाका लागि वीरन्दीप सिंहले पाँच तथा मोहम्मद वाफिक, मोहम्मद स्याहदत र शार्भिन मुनिएण्डीले एक-एक विकेट हात पार्दा एक विकेट रना आउटका रूपमा प्राप्त भयो । 



जितसँगै मलेसियाले दुई खेलमा दुई अंक अंक जोड्दा पहिलो पराजय बेहोरेको पुस स्पाेर्ट्सको पनि समान खेलबाट दुई अंक नै छ । दुवै टोलीले सेमिफाइनल सम्भावनालाई जिवितै राखेका छन् ।  

पहिलो खेलमा पुस स्पाेर्ट्सले विभागीय टोली नेपाल पुलिस क्लबलाई १ रनले पराजित गर्दा मलेसियाले रुपन्देही-११ सँग ६ विकेटको हार बेहोरेको थियो । 

  • प्रकाशित मिति : चैत २८, २०७८ साेमबार १७:३१:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया