सुदूरपश्चिमबाट जितेर पाँचौँपटक प्रधानमन्त्री भएका देउवाले सुदूरपश्चिमलाई नै विभेद गरे : विष्णु पौडेल

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले वर्तनमान शेरबहादुर देउवाको नेतृत्वमा रहेको गठबन्धन सरकार सिनोजस्तै गन्हाएको बताएका छन् । नेकपा एमकाले जिल्ला कमिटी बझाङले चैनपुरमा आयोजना गरेको विशाल जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

‘देशमा गठबन्धन सरकार स्थापना भएको वर्ष दिन बित्न नपाउँदै सरकारकमा रहेकाहरु कमिसन र आफन्तवादको जालमा फसेका छन् । उनीहरुलाई देश र जनताको कुनै चिन्ता चासो छैन,’ उनले भने, ‘यो सरकार गन्हाएको छ । यसको दुर्गन्धले देशलाई असफलताको मार्गमा लगेको छ ।’

गठबन्धनले अदालतको सहारा लिएर नेकपा एमालेको सरकार विस्थापित गरेको आरोप लगाउँदै उनले देउवा नेतृत्वको सररकार असफल भएको बताए । सुदूरपश्चिम प्रदेशबाट नै चुनाव जितेर पाँचौँपटक प्रधानमन्त्री भएका देउवाले सुदूरपश्चिमलाई नै विभेद गरेको उनको आरोप छ । 

पहिले केपी ओलीको नेतृत्वको सरकार हुँदा बझाङबाट चीनको तिब्बतलाई जोड्ने ताक्लाकोट सडकका लागि १ अर्ब ४० करोड बजेट विनियोजन गरेको भए पनि अहिलेको देउवा सरकारले उक्त बजेटलाई नै रोक्का गरेर निर्माण कार्यलाई ठप्प पारेको नेता पौडेलले आरोप लगाए । 

उनले भने ‘विकासभन्दा पनि गठबन्धनभित्र पदलोभीहरुको मात्रै प्रवेश भएको छ । यसले जनताको हितमा काम गर्छ भन्ने कसैलाई लाग्छ भने त्यो भ्रम बाहेक अरु केही पनि होइन ।’

आगामी वैशाख ३० गते हुनै लागेको निवार्चनमा जस्तोसुकै गठबन्धन आए पनि एमालेको अगाडि घुँडा टेक्ने नेता पौडेलले बताए । एमालेलाई हराउन खोज्ने मात्रै गठबन्धनको मुख्य योजेण्डा भएका कारण यस्ता विनाएजेण्डा र भिजनका नेतालाई चुनावबाट नै परास्त गर्नुपर्ने नेता पौडेलले बताए ।





  • प्रकाशित मिति : चैत २८, २०७८ साेमबार १७:५०:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया