शेहबाज सरिफ पकिस्तानको नयाँ प्रधानमन्त्री

पकिस्तानको नयाँ प्रधानमन्त्रीमा शेहबाज सरिफ निर्वाचित भएका छन् । उनी पाकिस्तान मुस्लिम लिग (नवाज)का अध्यक्ष हुन् । 

पाकिस्तान पिपल्स पार्टी (पिपिपी)को समर्थनमा शेहबाज पाकिस्तानका २३औँ प्रधानमन्त्री बनेका हुन् । सोमबार पाकिस्तानी संसद् (नेसनल एसेम्बली) मा १७४ मत पाएर उनी प्रधानमन्त्री निर्वाचित भएका हुन् । 

पूर्वप्रधानमन्त्री इमरान खान नेतृत्वको पाकिस्तान पिटिआईले भने संसद् बहिष्कार गरेको छ। सो पार्टीका सांसदले सामूहिक राजीनामासमेत दिएका छन् । 

खानविरुद्ध विपक्षीले राखेको प्रस्ताव पारित भएसँगै आइतबारदेखि नै उनी प्रधानमन्त्रीबाट पदमुक्त भएका थिए । ३४२ सदस्यीय पाकिस्तानी संसद्मा खानले कम्तीमा १७२ मत नपाउँदा उनी पदमुक्त भएका हुन् । 





  • प्रकाशित मिति : चैत २८, २०७८ साेमबार १९:२:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया