गभर्नरको निलम्बन राष्ट्र बैंकको ऐनअनुसार : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको निलम्बन राष्ट्र बैंकको ऐनअनुसार भएको दाबी गरेका छन् । अर्थ मन्त्रालयमा सोमबार पत्रकार सम्मेलन गर्दै मन्त्री शर्माले यस्तो दाबी गरेका हुन् । 

सरकारले राष्ट्र बैंकको ऐन कानुनअनुसार कारबाही गरेकाले त्यो कानुनसम्मत भएको तर्क गर्दै मन्त्री शर्माले गभर्नर किन निलम्बन गरियो भन्ने विषयमा छानबिन समितिले छानबिन प्रतिवेदन दिएपछि  थाहा हुने बताए । 

छानबिन समिति बनाएकाले अहिले छानबिन समितिलाई काम गर्न दिनुपर्ने बताउँदै मन्त्री शर्माले राष्ट्र बैंकले लक्ष्यभन्दा बढी कर्जा प्रवाह गर्न दिएर नियन्त्रण गर्न नसकेको आरोप लगाए । 

अर्थमन्त्री शर्माले अहिले बजारमा तरलता अभाव र विदेशी मुद्रा सञ्चितिमा केही कमी भए पनि पछिल्लो समय रेमिटेन्स बढ्दै गएकाले केही सुधार हुँदै जाने बताए । सरकार मुलुकको अर्थतन्त्रमा बाह्य व्यवस्थापन कसरी सन्तुलन गर्न सकिन्छ भन्ने विषयमा गम्भीर भएर काम गरिरहेको उनले बताए । 





  • प्रकाशित मिति : चैत २८, २०७८ साेमबार २०:३९:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया