नसिव तामाङले जिते ‘हिमालय रोडिज सिजन-४’ को उपाधि

‘हिमालय रोडिज सिजन–४’ को उपाधि नसिव तामाङले हात पारेका छन् । गएराति प्रसारण भएको ग्राण्ड फिनालेमा अर्का फाइनलिस्ट रोशन श्रेष्ठलाई पछि सार्दै नसिवले हिमालय रोडिजको चौथो सिजनको उपाधि हात पारेका हुन् ।

उपाधिसँगै उनले नगद १० लाख रुपैयाँ, यामाहाको स्कुटर र ट्रफी पाए । प्रतिस्पर्धाका लागि लिइएको फाइनल टास्कलाई सबैभन्दा कम समयमा पूरा गरेपछि उनलाई विजेता घोषित गरिएको हो । 

तीन महिना अघिदेखि सुरु भएको हिमालय रोडिजको यो सिजनमा १८ जनाले प्रतिस्पर्धा गरेका थिए । निर्णायकमा रेमन श्रेष्ठ, अनुपविक्रम शाही, दीया मास्के, आशिष राना लाउरे र पहिलो संस्करणका विजेता समन श्रेष्ठ थिए ।  





  • प्रकाशित मिति : चैत २९, २०७८ मंगलबार ७:९:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया