गण्डकी प्रदेशको प्रदेश युवा तथा खेलकुद मन्त्रालयले पोखरामा भेट्रान्स फुटबल प्रतियोगिता गर्ने भएको छ । २ वैशाखदेखि सर्वाधिक राशिको नाइन ए साइड राष्ट्रिय भेट्रान्स फुटबल आयोजना गर्न लागेको हो । प्रतियोगिताको सबै तयारी पूरा भइसकेको सरकारले जनाएको छ ।
नयाँ पिँढीलाई खेलकुदमा सहभागी गराउन उत्प्रेरित गर्ने र ज्येष्ठ खेलाडीलाई खेलकुदमा सक्रिय गराइराख्न प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगितामा ४० देखि ६० वर्ष उमेर समूहका खेलाडीले सहभागिता जनाउन सक्नेछन् । प्रत्येक टिममा ५० वर्षमाथिका दुई खेलाडीलाई अनिवार्य समावेश गर्नुपर्ने प्रावधान छ ।
प्रतियोगितामा १९ टिमको सहभागिता हुने अनुमान छ । तीमध्ये पोखराबाट ६ र काठमाडौंबाट ८, वालिङ, हेटौंडा र सिमराबाट टिमको सहभागिता रहने प्रतियोगिता संयोजक दिलबहादुर गुरुङले बताए ।
प्रतियोगितामा विजेता टोलीले नगद तीन लाख रुपैयाँ प्राप्त गर्नेछन् । दोस्रो पुरस्कार एक लाख ५० हजार र सेमिफाइनल पुग्ने टोलीले ३०–३० हजार नगद पाउने मन्त्रालयका सचिव बद्रीनाथ अधिकारीले जानकारी दिए ।
सर्वोकृष्ट खेलाडीले २० हजार, उत्कृष्ट गोलरक्षक, डिफेण्डर, मिडफिल्डर, फरवार्ड र सर्वाधिक गोलकर्ताले १५–१५ हजार पाउनेछन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।