पूर्व प्रधानाध्यापकसहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीको नरसिंह–५ स्थित श्री प्राथमिक विद्यालयका पूर्वप्रधानाध्यापक (हाल अवकाशप्राप्त) सिद्धिनाथ लाल दाससमेत तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

उनीहरुमाथि सरकारी कागजात सच्याउने एवं सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोप लगाउँदै अख्तियारले आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । 

अख्तियारले मुद्दा दायर गरेका अन्यमा महावीर प्राथमिक विद्यालय सुनसरीका तत्कालीन राहत शिक्षक एवं प्रधानाध्यापक (हाल सेवामा नरहेका) मनोजकुमार चौधरी र तारणीप्रसाद खतिवडा रहेका छन् । 

उनीहरुले ५ लाख ६० हजार रुपैयाँ हिनामिना गरेको आरोप अख्तियारले लगाएको छ । 





  • प्रकाशित मिति : चैत २९, २०७८ मंगलबार १८:५०:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया