पोखरा महानगरपालिकाको मेयर बन्नका लागि एमालेभित्र १२ जनाले दाबेदारी प्रस्तुत गरेका छन् । मंगलबार एमाले पोखराको बैठकमा १२ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
मेयरका लागि प्रदेश सांसद कृष्ण थापा, वडा नम्बर १३ का अध्यक्ष दर्शन लामा, व्यवसायी पुष्पज्योति ढुंगाना, पुष्पराज अधिकारी, एमाले पोखराका पूर्वअध्यक्ष दीपक पौडेल, बालसिंह काउछा मगर, सावित्री भण्डारी, मीनाकुमारी गुरुङ, भीम कार्की, रश्मि आचार्य, प्राडा विश्वकल्याण पराजुली र राजीव पहारीले आन्तरिक उम्मेदवारी दिएका हुन् ।
यसअघि उपमेयर मन्जुदेवी गुरुङ पनि मेयरको दौडमा रहेको समाचार बाहिरिइरहँदा उनी दाबीबाट बाहिरिएकी छन् । उपमेयरमा ११ जनाले नाम टिपाएका छन् ।
पोखरा १९ का वडाध्यक्ष शोभामोहन पौडेल, वामदेव ढुंगाना, टीकाराम पंगेनी, एमाले कास्की उपाध्यक्ष तेजनारायण अधिकारी, व्यवसायी सञ्जीवबहादुर कोइराला, देवका पहारी, १६ नम्बर वडाका अध्यक्ष जीवनप्रसाद आचार्य, एमाले कास्की सचिव बैनबहादुर अधिकारी क्षेत्री, हरिमाया गुरुङ, बलराम गायक र पत्रकार सुष्मा पौडेलले आन्तरिक बैठकमा उम्मेदवारी दर्ता गरेका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।