अस्ट्रेलियन क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा म्याकडोनाल्ड

अस्ट्रेलियाका पूर्व टेस्ट अलराउन्डर एन्ड्र्यु म्याकडोनाल्ड अस्ट्रेलियन पुरुष क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । 

अस्ट्रेलियन क्रिकेट बोर्डले म्याकडोनाल्ड नयाँ मुख्य प्रशिक्षकमा नियुक्त भएको जनाएकाे हाे । 

उनी र बाेर्डबीच चार वर्षको सम्झौता भएको छ ।

म्याकडोनाल्डले जस्टिन लेङ्गरको स्थान लिनेछन् । उनले फेब्रुअरीमा मुख्य प्रशिक्षकबाट राजीनामा दिएका थिए । 

म्याकडोनाल्डले सन् २०१९ को अन्तदेखि वरिष्ठ सहायक र बलिङ प्रशिक्षकका रूपमा काम गरिरहेका थिए ।  

उनले पाकिस्तान भ्रमणमा अन्तरिम प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए ।



म्याकडाेनाल्डकाे प्रशिक्षणमा टोलीले तीन खेलको टेस्ट सिरिज १-० ले जितेको थियो । त्यस्तै, टोलीले तीन खेलको एकदिवसीय सिरिज १-२ ले गुमाए एक मात्र टी-२० खेल भने जित्यो । 

म्याकडोनाल्डले भने, ‘अहिलेसम्मको यात्रा विशेष गरी रमाइलो भएको छ र मलाई यो अविश्वसनीय अवसर प्रदान गर्न पाउँदा गौरवान्वित छु । जुन एक रोमाञ्चक अवधि हो।’



‘मेरो योजना समूह र खेलभर सामूहिक रूपमा काम गर्दा टोलीको वृद्धि, गहिराइ र अनुभवमा निर्माण गर्ने हो । छोटो अवधिमा धेरै चुनौती छन् जुन मलाई थाहा छ । नेतृत्व समूह, खेलाडी र कर्मचारीहरू उत्साहित छन् । म मेरो परिवारलाई पनि सहयोगको लागि धन्यवाद दिन चाहन्छु’, उनले थपे । 

  • प्रकाशित मिति : चैत ३०, २०७८ बुधबार १०:४४:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया