कुलमान घिसिङले प्रचण्डकाे सचिवालयलाई भने- पोस्टरमा मेरो तस्बीर राख्न मिल्दैन, हटाउनोस्

नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले नेकपा माओवादी केन्द्रले आफ्नो तस्बिर अनुमतिबिना चुनावी पोस्टरमा राखेकोप्रति आपत्ति जनाएका छन्।

माओवादी अध्यक्ष प्रचण्डले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत् बुधबार बिहान सार्वजनिक गरेको चुनावी पोस्टरमा घिसिङको पनि तस्बिर राखिएको थियो। । 

पोस्टरमा प्रचण्ड, अर्थमन्त्री जनार्दन शर्मा र घिसिङको तस्बीर प्रयोग गरी ‘लोडसेडिङ अन्त्य एउटा फड्को अब पालो निशुल्क बिजुलीको ह्यासट्याग भोट फर सिपिएन माओइस्ट’ लेखिएको थियो । 

यो पोस्टर सार्वजनिक भएपछि घिसिङले आपत्ति जनाएका हुन् । 

‘ यो कुरा मलाई थाहा थिएन । मेरो तस्बिर हटाइदिन पुष्पकमल दाहाल ‘प्रचण्ड’ ज्यूको सचिवालयलाई भनेको छु । हटाउँछु भनेका छन् । निर्वाचन आचारसंहिता र कर्मचारी आाचारसंहिता दुवैले मेरो तस्वीर राख्न दिँदैन । थाहा पाउने बित्तिकै हटाउन भनेको छु’, प्राधिकरणका प्रवन्ध निर्देशक घिसिङले भने । 






  • प्रकाशित मिति : चैत ३०, २०७८ बुधबार ११:२१:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया