प्रो क्लब क्रिकेट च्याम्पियनसिप : आर्मी समूह विजेता बन्दै सेमिफाइनलमा

नेपाल प्रो क्लब च्याम्पियनसिप क्रिकेट प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लबले लगातार तेस्रो जित हात पारेको छ ।

आर्मीले समूह ‘बी’ अन्तर्गत आज सम्पन्न खेलमा भारतको उत्तर प्रदेश-११ माथि सात विकेटको जित हात पारेको हो ।

११५ रनको लक्ष्य आर्मीले १८.४ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्‍याे । उसका लागि रोहित कुमार पौडेलले सर्वाधिक ३० रनको योगदान दिए ।

भीम सार्की २६ रनमा अविजित रहँदा सन्तोष कार्कीले २० रन बनाए । उत्तर प्रदेशका लागि विपीन चन्द्र, तेजस सिंह र राहुल कुमारले एक-एक विकेट हात पारे । 

यसअघि भैरहवाको सिद्धार्थनगरस्थित सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको उत्तर प्रदेशले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै ११४ रन बनाएको थियो । 

उत्तर प्रदेशका लागि शुभम चौधरीले सर्वाधिक २८ रनको योगदान दिए । राज यादव र नितिन रामले २१-२१ रन जोडे ।



आर्मीका लागि सुशन भारी, हरि चौहान र जितेन्द्र मुखियाले दुई-दुई तथा साहब आलमले एक विकेट हात पार्दा दुई विकेट रन आउटका रूपमा प्राप्त भयो । 

योसँगै समूह चरणमा शतप्रतिशत जित हात पारेको आर्मी तीन खेलमा ६ अंक जोड्दै समूह विजेताको रूपमा सेमिफाइनल पुग्यो । 



पहिलो पराजय बेहोरेको उत्तर प्रदेशले पनि समान खेलबाट चार अंकका साथ उपविजेताका रूपमा सेमिफाइनमा स्थान सुरक्षित गर्‍याे । 
 

  • प्रकाशित मिति : चैत ३०, २०७८ बुधबार १३:२०:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया