मारिओपोल सहरमा १ हजार युक्रेनी सेनाले गरे आत्मसमर्पण

रुसले रणनीतिक बन्दरगाह सहर मारिओपोलमा एक हजार युक्रेनी सेनाले आत्मसमर्पण गरेको दाबी गरेको छ ।

रुसी रक्षा मन्त्रालयले बुधबार पूर्वीयुक्रेनको रणनीतिक बन्दरगाह सहर मारिओपोलमा  एक हजारभन्दा बढी युक्रेनी सैनिकले आत्मसमर्पण गरेको जनाएको हो । 

सो सहरलाई मस्कोले एक महिनाभन्दा बढी समयदेखि घेरा हालेको छ  । 

‘मारिओपल सहरमा ३६ औं  मरिन ब्रिगेडका १ हजार २६ युक्रेनी सैनिकहरूले स्वेच्छाले आफ्नो हतियार त्यागे र आत्मसमर्पण गरे’, मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ । 





  • प्रकाशित मिति : चैत ३०, २०७८ बुधबार १४:४६:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया