दीपेन्द्र आइसिसी वरीयताको शीर्ष १० मा

नेपाली अलराउन्डर दिपेन्द्रसिंह ऐरी टी-२० अन्तर्राष्ट्रिय वरीयतामा शीर्ष १० भित्र पर्न सफल भएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी)ले सार्वजनिक गरेको टी-२० अन्तर्राष्ट्रियको अलराउन्डरको वरीयतामा १५२ रेटिङ प्वाइन्ट प्राप्त गरेका दिपेन्द्रले शीर्ष १० मा स्थान बनाएका हुन् ।

दिपेन्द्रले गत महिना घरेलु मैदानमा भएको त्रिकोणात्मक टी-२० सिरिजमा अलराउन्ड प्रदर्शन गर्दै ‘म्यान अफ द सिरिज’ घोषित भएका थिए ।

उनले मलेसिया र पपुवा न्युगिनी (पिएनजी) विरुद्धको सिरिजमा पाँच खेल खेल्दा दुई अर्धशतक र एक शतकसहित २५५ रन बनाउँदा सात विकेट हात पारेका थिए । 

वरीयताको शीर्ष स्थानमा २७६ रेटिङ प्वाइन्टका साथ अफगानिस्तानका मोहम्मद नाबी रहँदा दोस्रो स्थानका बंगलादेशका साकिब अल हसनले २३२ रेटिङ प्वाइन्ट प्राप्त गरेका छन् । 

इंग्ल्याण्डका मेइन अली, नामिवियाका जेजे स्मिथ, इंग्ल्याण्डका लियमा लिभिङ्गस्टोन, युएईका रोहन मुस्तफा, अस्ट्रेलियाका ग्लेन म्याक्सवेल, ओमानका जिशन मक्सुद र दक्षिण अफ्रिकका एडेन मार्करम क्रमशः तेस्रो देखि नवौं स्थानमा छन् । 





  • प्रकाशित मिति : चैत ३०, २०७८ बुधबार १५:८:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया