विधेयकमा चलखेल गरे अनसन बस्छुः डा. गोविन्द केसी

काठमाडौं– प्राडा गोविन्द केसीले आफूसँग भएको सहमति तोडमोड गरेर चिकित्सा शिक्षा विधेयकका विषयमा संसदीय समितिमा चलखेल भएको आरोप लगाउँदै आफू फेरि अनसन बस्ने चेतावनी दिएका छन् ।

शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयकलाई अन्तिम रुप दिन डा केसीसँग छलफल गर्न चाहेको थियो । तर, उनले यसअघि सहमति भइसकेको र अब थप छलफल आवश्यक नभएको बताएका थिए । अर्कोतिर आफूसँग भएका सहमति तोडेर विधेयकमा तोडमोड गर्न माफियाहरु लागेको बुधबार साँझ विज्ञप्ति निकाल्दै डा केसीले अनसन बस्ने चेतावनी दिएका हुन् ।

यसअघि भएका सहमति विपरित केही काम भएमा आफू १७ पुषभित्रै अनसन बस्ने केसीले चेतावनी दिएका हुन् ।
 





  • प्रकाशित मिति : पुस ११, २०७५ बुधबार १९:१७:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया