नवौं राष्ट्रिय खेलकुद आगामी जेठमा
फाइल फाेटाे

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी जेठ २२ देखि २८ सम्म गण्डकी प्रदेशको राजधानी पोखरामा हुने भएको छ ।  

युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदको बुधबार बसेको बैठकले प्रतियोगिताको मिति तय गरेको युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक)ले सामाजिक संजालबाट जानकारी गराएका हुन् ।  

आठौं राष्ट्रिय खेलकुद तत्कालीन मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा  २०७५/७६ सालमा भएको थियो । 

कोरोना महामारीका कारण २०७७ सालमै हुनुपर्ने नवौं राष्ट्रिय खेलकुद पटक–पटक सरिएको थियो । 





  • प्रकाशित मिति : चैत ३०, २०७८ बुधबार १५:३२:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया