\
पछिल्लो २४ घण्टामा देशभर थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
देशभरका विभिन्न प्रयाेगशालामा गरिएकाे परीक्षणपश्चात् थप १९ जनामा संक्रमण पुष्टि भएकाे हाे ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ३४९ पिसिआर तथा १ हजार ३६६ एन्टिजेन परीक्षण भएको थिाे ।
पछिल्लाे २४ घन्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन । हालसम्म कोरोनाबाट ११ हजार ९५१ जनाले ज्यान गुमाएका छन् ।
यही अवधिमा ४९ जना कोरोना संक्रमणमुक्त हुँदा हाल देशभर ५२० जना सक्रिय संक्रमित रहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।