ग्रेट हिमालयको ब्याटिङ कन्सल्टेन्टमा श्रीलंकाका मिहिराज

ग्रेट हिमालय क्रिकेट एकेडेमीले ब्याटिङ कन्सल्टेन्टमा श्रीलंकाका अनुभवी मिहिराज वासन्थालाई नियुक्त गरेको छ । 

बुधबार एकेडेमीले ब्याटिङ कन्सल्टेन्टमा तीन महिनाको लागि वासन्थालाई अनुबन्ध गरेको जनाएको हो ।  

उनले जुलाई २०२२ मा एकेडेमीमा प्रशिक्षक दिने एकेडेमीले जनाएको छ ।  

प्रशिक्षक मिहिराजले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को लेभल थ्री कोर्ष गरेका छन् । 

मिहिराजले श्रीलंका, दुबई, इंग्ल्यान्ड र भारतमा समेत प्रशिक्षकको रूपमा काम गरेका छन् । उनीसँगै १५ वर्ष क्रिकेट प्रशिक्षकको रुपमा काम गरेको अनुभव भएको एकेडेमीले जनाएको छ ।

मिहिराजले श्रीलंकाको राष्ट्रिय महिला क्रिकेट टोलीको सहायक प्रशिक्षकको रूपमा समेत काम गरेका छन् ।  



ललितपुरको हात्तीवन र काठमाडौंको शान्तिनगरमा एकेडेमी सञ्चालनमा रहेको छ । 



  • प्रकाशित मिति : चैत ३०, २०७८ बुधबार १७:३०:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया