केजरीवालको घरबाहिर तोडफोड घटनामा समातिएका ८ जना जमानतमा छुटे

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको घरबाहिर विरोध प्रदर्शन र तोडफोडमा सहभागीमध्ये ८ जनालाई हाई कोर्टले जमानत दिएको छ । 

न्यायाधीश आशा मेननको इजलासले मंगलवार यस्तो आदेश दिएको हो । उनीहरुले सार्वजनिक सम्मपत्तिमा क्षति नपुर्याएको फैसलामा उल्लेख गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

केजरीवालले फिल्म ‘द कश्मिर फाइल्स’लाई लिएर दिएको अभिव्यक्तिपछि भारतीय जनता युवा मोर्चाका कार्यकर्ताले उनको घरबाहिर विरोध प्रदर्शन गरेका थिए । सो क्रममा सो पार्टीका कैयौँ कार्यकर्ता पक्राउ परेका थिए ।





  • प्रकाशित मिति : चैत ३०, २०७८ बुधबार २२:८:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया