आइपिएलमा मुम्बईको लगातार पाँचौं हार, तेस्रो स्थानमा उक्लियो पञ्जाब

भारतमा जारी १५ औं सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) मा पाँच पटकको विजेता मुम्बई इण्डियन्सले लगातार पाँचौं हार बेहोरेको छ । गएराति सम्पन्न खेलमा पञ्जाब किंग्ससँग १२ रनले पराजित भएसँगै मुम्बईले लगातार पाँचौं हार बेहोरेको हो । 

आफ्नो पाँचौं खेलमा पञ्जाबले दिएको १९९ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १८६ रन बनायो । उसका लागि डेवाल्ड ब्रेभिस, सूर्यकुमार यादव र तिलक वर्माले उत्कृष्ट प्रदर्शन गर्दा पनि मुम्बई जित निकाल्न भने चुक्यो । ब्रेभिसले २५ बलमा पाँच छक्का र चार चौकासहित ४९ रनको आक्रामक पारी खेले ।

सूर्यकुमारले ३० बलमा चार छक्का र एक चौकाको सहयोगमा ४३ रन बनाए । २० बलमा तीन चौका र दुई छक्का हिर्काएका तिलक ३६ रनमा आउट भए । रोहित शर्माले १७ बलमा तीन चौका र दुई छक्काको सहयोगमा २८ रन बनाए । बाँकी ब्याटरको प्रदर्शन सन्तोषजनक रहन सकेन । 

पञ्जाबका लागि ओडेन स्मिथले चार, कागिसो रबाडाले दुई र वैभव अरोराले एक विकेट लिए । पञ्जाबलाई एक विकेट भने रनआउटको रूपमा प्राप्त भयो । 

त्यसअघि महाराष्ट्र क्रिकेट एशोसियसनको मैदानमा टस हारेर ब्याटिङको मौका पाएको पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९८ रन बनाएको थियो ।

उसका लागि शिखर धवन र कप्तान मयंक अग्रवालले अर्धशतकीय पारी खेले । धवनले ५० बलमा पाँच चौका र तीन छक्कासहित ७० रन बनाए । मयंकले ३२ बलमा ६ चौका र दुई छक्काको सहयोगमा ५२ रनको योगदान दिए ।



जितेश शर्मा ३०, शाहरुख खानले १५ र जोनि बेयरिस्टो १२ र लियाम लिभिङस्टोन दुई रनमा आउट भए । मुम्बईका लागि बसिल थम्पीले दुई, जसप्रित बुमराह, जयदेव उनादकट र मुर्गन आश्विनले एकरएक विकेट लिए । यो जितसँगै पञ्जाब तेस्रो स्थानमा उक्लिएको छ । उसले पाँच म्याच खेल्दा तीनमा जित र दुई खेलमा हार बेहोरेको छ । कविहीन मुम्बई भने पुछारमा छ ।



  • प्रकाशित मिति : बैशाख १, २०७९ बिहीबार ६:१६:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया