चर्चित बडीबिल्डर सेड्रिक म्याकमिलनको ४४ वर्षको उमेरमा निधन भएको छ ।
उनकाे हृदयघातका कारण मृत्यु भएकाे हाे । ट्रेडमिलमा दाैडिने क्रममा उनलाई हृदयघात भएकाे विदेशी सञ्चारमाध्यमले जनाएका छन् ।
म्याकमिलन लामो समयसम्म कोभिड समस्यासँग लडिरहेका थिए । यसका साथै उनी मुटुसम्बन्धी समस्याबाट ग्रसित पनि थिए ।
उनी एक-दुई पटक अस्पताल पनि भर्ना भएका थिए ।
अमेरिकामा बस्ने म्याकमिलन प्रोफेसनल बडीबिल्डर हुनुका साथै अमेरिकी सेनाका प्रशिक्षक पनि थिए ।
सन् २०१७ मा आर्नोल्ड क्लासिक बडीबिल्डिङको उपाधि जितेर उनले विश्वभर तहल्का मच्चाएका थिए ।
२८ फेब्रुअरीमा उनले इन्स्टाग्राममा एक भिडियाे अपलाेड गरी आफ्नाे शरीरसँग जाेडिएका समस्याहरूकाे बारेमा बताएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।