विश्वयुद्धका कारण पढाइ छाडेकी ९० वर्षीया वृद्धा स्कुल फर्किइन्

पढ्नका लागि उमेरको कुनै हद हुँदैन । इटालीकी एक ९० वर्षीया वृद्धाले यसलाई प्रमाणित गरेकी छन् । ​अन्नुन्जियाटा मुर्गिया नामकी ती महिलाले दोस्रो विश्वयुद्धका कारण औपचारिक शिक्षा पूरा गर्न सकेकी छैनन् ।

अहिले उनले एउटा महत्त्वपूर्ण कदम चालेकी छन् । स्कुल डिप्लोमा पूरा गर्न उनी कक्षाकोठामा फर्किएकी छन् । ​मुर्गिया डोलियानोभा सार्डिनियामा रहेको आफ्नो घर नजिकको केन्द्रमा लाइसेन्जा मिडियाका लागि पाठ अध्ययन गर्दैछिन् । 

उनी कक्षामा सबैभन्दा जेठी छात्रा हुन् । उनले  मिडिल स्कूल डिप्लोमा लिएकी छन्, जुन सामान्यतया १४ वर्षको उमेरमा किशोरकिशोरीले  पूरा गर्छन् ।

‘मलाई पढाइ मनपर्छ । मलाई यो सधैं मनपर्छ । तर जब युद्ध सुरु भयो, मेरो लागि सबै परिवर्तन भयो । कुनै बेला पैसा भएकाहरूले मात्र अध्ययन गर्न सक्थे’, मुर्गियाले भनिन् ।

‘मलाई इतिहासका पुस्तकहरू सधैं मनपर्छ, किनभने मैले पुस्तकहरूमा लेखिएको इतिहासको राम्रो अंश अनुभव गरें । मैले पहिलो विश्वयुद्धको परिणाम देखेकी छु र दोस्रो विश्वयुद्धमा बाँचेको छु’, मुर्गियाले थपिन् ।





  • प्रकाशित मिति : बैशाख १, २०७९ बिहीबार ११:१३:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया