मलेसिया प्रो क्लब च्याम्पियनसिपको फाइनलमा
फाइल फाेटाे

उत्तर प्रदेश-११ लाई १४ रनले हराउँदै मलेसिया-११ नेपाल प्रो क्लब च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । 

बिहीबार भएको पहिलो सेमिफाइनल वर्षाका कारण प्रभावित हुँदा ५ ओभरमा झारिएको थियो । 

भैरहवाको सिदार्थ क्रिकेट रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको मलेसिया-११ ले तीन विकेट गुमाउँदै ४४ रन बनाएको थियो । 

ओपनर वीरन्दिप सिंहले अविजित २० रन बनाए भने अर्का ओपनर सेइल अजिजले २३ रन बनाए ।

बलिङमा उत्तर प्रदेश -११ का राज यादवले तीनै विकेट लिए । 

जवाफमा उत्तर प्रदेश-११ ले पाँच ओभरमा चार विकेट गुमाउँदा ३० रनमा रोकियो । 



उसका शुभंम चौधरीले सर्वाधिक ११ तथा राज यादवले ६ रन बनाए ।

बलिङमा मलेसिया-११ का वीरन्दिप सिंहले दुई विकेट लिए ।



  • प्रकाशित मिति : बैशाख १, २०७९ बिहीबार १३:३१:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया