सरकार ढलेपछि इमरान खानकाे प्रश्न- रातकाे बाह्र बजे अदालत किन चलाइयाे ?

पाकिस्तानको तेहरिक-ए-इन्साफ पार्टीका अध्यक्ष इमरान खानले बुधबार न्यायपालिकालाई किन शनिबार राति अदालत चलाउनु परेको भन्दै प्रश्न गरेका छन् ।

अदालतको आदेशपछि शनिबार नै इमरान सरकारविरुद्ध अविश्वासको प्रस्ताव पेस गरिएको थियो, जसमा इमरान खानले बहुमत प्रमाणित गर्न सकेनन् ।

राजीनामा दिनुअघि शनिबार राति सुनुवाइका लागि इस्लामावाद उच्च अदालतको ढोका खोलिएको खानकाे भनाइ छ ।

यसबारे उच्च अदालतले अत्यावश्यक मुद्दामा अदालतले तोकेको समयभन्दा बढी सुनुवाइ गर्न सकिने स्पष्टीकरण दिएको छ ।

सत्ताबाट हटाएपछि इमरान खानले पहिलो पटक जनसभालाई सम्बोधन गरेका छन् ।

जनसभालाई सम्बाेधन गर्दै उनले भने, ‘तपाईंले रातको अँध्यारोमा अदालत खडा गर्नुभयाे... म त्यो पाकिस्तानी हुँ, जसलाई पाकिस्तानी समुदायले ४५ वर्षदेखि चिनेको छ । के मैले कहिल्यै कानुन तोडेको छु ? जब म क्रिकेट खेल्थेँ, तब कसैले इमरान खानले म्याच फिक्सिङ गर्छन् भने ?’ 



‘म राजनीतिमा आएको २५ वर्ष भइसक्यो, तर मैले मेरो देशको संवैधानिक संस्था वा न्यायपालिकाविरुद्ध कहिल्यै पनि आफ्नो समुदायलाई उक्साएको छैन । किनभने मेरो जीवन र मृत्यु पाकिस्तानमा छ । म तपाईंलाई सोध्छु कि मैले के अपराध गरेँ जसले गर्दा  राति १२ बजे अदालत चलाउनुभयाे?’, इमरानले थपे ।



  • प्रकाशित मिति : बैशाख १, २०७९ बिहीबार १४:४६:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया