एम्बुलेन्स र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु

कैलालीमा एम्बुलेन्स र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको टीकापुर नगरपालिका–४ मोरनीयामा भे १ च २४०९ नम्बरको एम्बुलेन्स र से २ प ३२८४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार जानकी गाउँपालिका–३ का ५० वर्षीय छोटेलाल चौधरीको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालयका कैलालीका प्रहरी निरीक्षक राजेन्द्र बहादुर सिंहले जानकारी दिए ।  

दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको कोहलपुरमा उपचारका क्रममा बिहीबार राति नै मृत्यु भएको हो ।





  • प्रकाशित मिति : बैशाख २, २०७९ शुक्रबार ११:२८:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया