कर्णालीमा भागबन्डा मिलाउन गठबन्धन निर्णायक छलफलमा

सत्तारुढ दलहरू भागबन्डाको लागि निर्णायक छलफलमा जुटेका छन् । कर्णालीका सबै जिल्लामा गठबन्धनको बैठक सुरु भएको नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशका इन्चार्ज कालीबहादुर मल्लले जानकारी दिए ।

डोल्पालगायत अन्य केही जिल्लामा समस्य भएकाले थप छलफल गर्नुपरेको इन्चार्ज मल्लले बताए । रुकुम पश्चिममा गठबन्धनको बैठक बस्नुअघि धमाधम उम्मेदवार टुंगो लगाएपछि त्यहाँ थप समस्य देखिएको छ । 

सबै पालिका माओवादीले जितेको र अर्थमन्त्री जनार्दन शर्माको क्षेत्र भएकाले बल मिच्याइँ गरेको अन्य सत्तारुढ दलको आरोप छ । आरोपकै बीचमा अहिले गठनबन्धनको छलफल चलिरहेको छ । त्यहाँको समस्या र पार्टीको अन्तरिक परिपत्रका विषयमा माओवादी केन्द्र कर्णाली प्रदेशका अध्यक्ष विमला केसी रुकुम पश्चिममा गएकी छन् । 

इन्चार्ज कालीबहादुर मल्ल जाजरकोटमा छन् । पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही कालीकोटमा छन् । कर्णालीका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छिरीङ डम्डुल लामा (कार्चेन) हुम्लामा छन् । 

कांग्रेस नेताहरूले शुक्रबार बिहानसम्ममा आफ्नो दलभित्र आन्तरिक तयारी गरेर मात्र अहिले गठबन्धनको बैठकमा सहभागी भएको जाजरकोट कांग्रेस सभापति बेदराज सिंहले बताए । कांग्रेसका केन्द्रीय स्तरका नेताहरू जिल्ला, जिल्लामा खटिएका छन् ।

केन्द्रीय सर्कुलरअनुसार नै मतभारका साथै अन्य कुराहरू हेरेर छलफल सुरु भएको उनले बताए । प्रतिपक्ष दल नेकपा एमालेले अधिकांश ठाउँमा उम्मेदवार टुंगो लगाएको बताएको छ । बाँकी ठाउँमा गृहकार्य भइरहेको नेता यमलाल कँडेलले बताए । 



३ वैशाखभित्र जिल्लाले सहमति गरेर प्रदेशमा सहमतिको खाका पठाउनेछन् । जिल्लाले पठाएको सहमतिको खाका प्रदेशले अध्ययन गरेर ५ वैशाखभित्र केन्द्रमा पठाउने निर्णय गठबन्धनभित्र म्यान्डेट छ । 



  • प्रकाशित मिति : बैशाख २, २०७९ शुक्रबार १३:४९:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया