केजिएफ-२ ले कमायाे पहिलाे दिनमै १४० कराेड भारु

बिहीबारदेखि प्रदर्शनमा आएको दक्षिण भारतीय चलचित्र ‘केजिएफ २’ले पहिलो दिनमै १४० करोड भारतीय रुपैयाँ आम्दानी गरेको छ।

चलचित्रले विश्वव्यापी प्रदर्शनबाट पहिलो दिनमै १४० करोड‍ भारु आम्दानी गरेको हाे ।

‘केजिएफ २’ ‘केजिएफ’काे सिक्वेल चलचित्र हाे । ‘केजिएफ’ सन् २०१८ मा रिलिज भएकाे थियाे । 

चलचित्रमा यश, सञ्जय दत्त, रविना टण्डन, प्रकाश राजलगायतका कलाकारहरूकाे मुख्य भूमिका रहेको छ ।

चलचित्रका निर्देशक प्रशान्त नील हुन् । 

चलचित्र विश्वव्यापी रूपमा १० हजारभन्दा धेरै स्क्रिनमा प्रदर्शन भइरहेकाे भारतीय  सञ्चारमाध्यमले जनाएका छन् ।
 





  • प्रकाशित मिति : बैशाख २, २०७९ शुक्रबार १४:५९:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया