२० वर्षअघि ‘जेल ब्रेक’ गरेर फरार कैदी पक्राउ

सुर्खेत कारागारबाट २० वर्षअघि  ‘जेल ब्रेक’ गरी फरार भएका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा सुर्खेतको वराहताल गाउँपालिका–८ का ४७ वर्षीय भक्तबहादुर शाही रहेका छन् । ०५८ माघ २ गते राति सुरुङ खनेर सुर्खेत कारागारबाट शाहीलगायत केही कैदी फरार भएका थिए ।

जिल्ला अदालत, सुर्खेतले ०५२ चैत्र २ गते शाहीलाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । विशेष सूचनाका आधारमा शाहीलाई कर्णाली प्रदेश प्रहरी ब्युरोलगायतको टोलीले शुक्रबार पक्राउ गरेको हो ।

पक्राउ परेका शाहीलाई शुक्रबार जिल्ला अदालत सुर्खेतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय, सुर्खेतले जनाएको छ ।





  • प्रकाशित मिति : बैशाख २, २०७९ शुक्रबार १८:५८:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया