logo-img

ललितकलाको विकासलाई प्रभावकारी बनाउँदै लैजानुपर्नेमा उपराष्ट्रपतिको जोड

उपराष्ट्रपति नन्दबहादुर पुनले ललितकला क्षेत्रको समग्र विकासको कामलाई राज्यले अझै प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिएका छन् । शुक्रबारबाट काठमाडौंमा सुरु भएको राष्ट्रिय ललितकला प्रदर्शनीको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले यस्तो बताएका हुन् । 

विश्वमा नेपाल र नेपालीको गौरवलाई बचाइराख्न पनि ललितकलाको माध्यमबाट योगदान पुर्याउँदै जानुपर्ने आवश्यकता उनले बोध गराए । अरनिकोलगायतका ललितकलाका पुञ्जहरुले कलाको माध्यमबाट विश्वसामु नेपाललाई परिचित गराएको स्मरण गराउँदै पुनले भविष्यमा पनि नेपालको पहिचानमा ललितकलाको भूमिका महत्वपूर्ण रहिरहने विश्वास व्यक्त गरे । 

ललितकलाले नेपालको अर्थतन्त्रमा पनि महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताउँदै उपराष्ट्रपति पुनले भने, ‘ललितकला नेपालको चिनारी र नेपालको एउटा गौरव हो । नेपाल र नेपालीको गौरव विश्वजगत्मा बचाइराख्न पनि हामीले ललितकलाको माध्यमबाट योगदान पुर्याउनै पर्दछ ।’

उपराष्ट्रपति पुनले ललितकला प्रज्ञा प्रतिष्ठानलाई पनि ललितकलाका कलाकारहरुको समस्या र चुनौतीलाई समाधान गर्दै अघि बढ्नका लागि आग्रह गरे । 





  • प्रकाशित मिति : वैशाख २, २०७९ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया