सत्य र मिलनको ‘सानी र्‍याइँ र्‍याइँ र्‍याइँ’मा आँचल र सपूत (भिडियो)

देव गहतराजको प्रस्तुतिमा ‘सानी र्याइँ र्याइँ र्याइँ’ बोलको गीत सार्वजनिक भएको छ । उनैको लेखन र संगीत समेत रहेको यस गीतमा प्रसिद्ध गायक तथा संगीतकार सत्यराज आचार्य र अर्की चर्चित गायिका मिलन नेवारले आवाज भरेका छन् । 

नयाँ वर्ष २०७९ का प्रथम दिनको अवसर पारेर यो गीतलाई रिलिज गरिएको छ । यस गीतलाई गोपाल रसाइलीले संगीत संयोजन गरेका हुन् । यसको रेकर्डिङ किरण विक र कमल थापाले गरेका हुन् भने मिक्सिङ अनि मास्टरिङ श्यामश्वेत रसाइलीले गरेका छन् । 

लोक शैलीमा आधारित डान्सिङ प्याटर्नको गीतलाई म्युजिक भिडियोसहित तयार पारिएको छ । जसलाई चर्चित कोरियोग्राफर कविराज गहतराजले निर्देशन गरेका हुन् । चर्चित गायक तथा अभिनेता प्रकाश सपुत र अर्की चर्चित नायिका आँचल शर्माले अभिनय गरेका छन् । 

सौरभ लामाको छायांकन अनि अर्जुन जिसीको सम्पादन रहेको भिडियोको रंग संयोजन रेनिश फागोले गरेका छन् । भिडियोलाई सत्य–स्वरूप युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।





  • प्रकाशित मिति : बैशाख २, २०७९ शुक्रबार २१:४०:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया