बिग बासमा सन्दीप लामिछानेको दबदबा कायमै

काठमाडौं– अस्ट्रेलियाको घरेलु लिग बिग बास टी-२०को तेस्रो खेलमा पनि नेपालका लेग स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरे । बिहीबार सन्दीपको टिम मेलबर्न स्टार्सले सिड्नी सिक्र्ससको प्रतिस्प्रर्धामा २ विकेट लिएर १८ रन दिए ।

व्याक्तिगत पहिलो ओभरको रूपमा सातौ ओभरमा बलिङ गर्न आएका सन्दीपले ४ रन दिए । यस्तै, दोस्रो ओभर बलिङ गर्न आएका उनले सफलता हात पारे । उनले ९औं ओभरको दोस्रो बलमा सिड्नीका कप्तान मोरिस् हेन्रिकोइसलाई आउट गरे । उक्त ओभरमा उनले ४ रन मात्रै खर्चे । 

१२औं ओभरमा पुन बलिङ गर्न आएका सन्दीपले अर्काे सफलता पाए । उनले व्यक्तिगत तेस्रो ओभरको अन्तिम बलमा टम क्रनलाई आउट गरे । उक्त ओभरमा उनले ३ रन मात्रै दिए । 

लगातार सफल बलिङ गरिरहेका सन्दीपको चौथो ओभर भने महँगाे साबित भयो । अन्तिम ओभरको रूपमा १४औं ओभर बलिङ गर्न आएका सन्दीपले पहिलो बलमा चौकासहित ९ रन खाए । उनलाई सिड्नीका सेन एबटले चौका प्रहार गरेका थिए । 





  • प्रकाशित मिति : पुस १२, २०७५ बिहीबार १५:१६:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया