द भोइस किड्सबाट चर्चामा आएकी गायिका रुक्साना लिम्बूले सांगीतिक कार्यक्रम र स्टुडियोमा गीत रेकर्ड गर्नमा एकदमै व्यस्त भएकी छिन् । दुई दर्जन गीत रेकर्ड गरिसकेकी रुक्शनाको स्वरमा अर्को गीत आएको छ ।
स्व. खेमराज गुरुङ्गको संगीत तथा टिका चाम्लिंगको रचना रहेको गायक एपी शेर्पाको लोकप्रिय गीत ‘सम्झना नै आजभोलि’ लाई रुक्सानाको स्वरमा किड्स भर्सनको रुपमा रेकर्ड गरि स्टुडियो भिडियो सार्वजनिक गरिएको छ।
उक्त गीत गायक एपीलाई चिनाउने गीत हो । २०६६ सालमा सार्वजनिक एल्बम ‘मेहनत’मा समावेश यो गीतले त्यसबेला निक्कै चर्चा कमाएको थियो । त्यहि गीतलाई रुक्सानाले एकदमै भावमा डुबेर गाएको र सबैले मनपराउनु हुने कुरामा गायक एपी ढुक्क छन् ।
सिल्भर इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको भिडियोको छायांकन भूपेन्द्र तुम्बाहाङ्फे र सम्पादन अर्जुन खड्काले गरेका छन् भने पृथक स्टुडियोमा गीत रेकर्ड गरिएको हो ।
भिडियो
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।