यस वर्षको तथ्यांकमा जापानमा शिशु जन्मदरमा निकै कमी आएको छ । जापानी स्वास्थ्य तथा कल्याणकारी मन्त्रालयका अनुसार यस वर्ष जापानमा शिशु जन्मदर इतिहासकै सबैभन्दा कम रहेको देखिएको छ ।
मन्त्रालयले सन् २०१८ को अन्त्यसम्ममा नौ लाख २१ हजार बच्चा जन्मिने अनुमान गरेको भएता पनि त्यो अनुमान पूरा हुन सक् देखिएको छैन । सन् १८९९ देखिको तथ्यांक र गत वर्षको तुलनामा २५ हजार कम बच्चा जन्मिने अनुमान गरिएको थियो । तर, अनुमान गरिएको भन्दा पनि निकै कम मात्र बच्चा जन्मिएकाले जापानको जन्मदरमा निकै ह्रास आएको देखिएको छ ।
जन्मदर मात्र होइन, जापानमा यस वर्ष मृत्युदर पनि अन्य वर्षको तुलनामा अत्यधिक कम रहेको तथ्यांकले देखाएको छ ।
जापानको अहिलेको जन्मदर १.४३ रहेको छ । सरकारी तथ्यांकलाई हेर्दा पुनः जनसंख्या वृद्धिका लागि जापान सरकारले केही नयाँ कार्यक्रम ल्याउनुपर्ने अधिकारीहरू बताउँछन् । जापान सरकारको लक्ष्यअनुसार सन् २०२६ अप्रिल सम्ममा एक महिलाले आफ्नो जीवनकालमा १.८ दरमा बच्चा जन्माउनुपर्ने देखिन्छ, जापानको जनसंख्या सन्तुलित गर्न सो दर आवश्यक छ ।
जापानमा महिलाको औसत आयु ८७.२ वर्ष र पुरुषको औसत आयु ८१.०१ वर्ष रहेको छ । तर, वृद्ध मानिसको संख्यामा वृद्धि भएको, तर बच्चाको जन्मदरमा निकै ह्रास आएको जापानी सरकारले बताएको छ । टोकियोस्थित राष्ट्रिय अनुसन्धानालय र सामाजिक सुरक्षा अनुसन्धानालयले निकालेको तथ्यांकअनुसार जापानमा सन् २०४० सम्ममा ६५ वर्ष कटेका मानिसको संख्या ३५ प्रतिशत रहने देखिएको छ ।
प्रधानमन्त्री, सिन्जो एबेले जापानमा देखिएको जनसंख्याको ह्रासलाई राष्ट्रिय संकटका रूपमा लिनुपर्ने बताएका छन् । साथै, सरकारी पक्षले विभिन्न सेवा–सुविधा प्रदान गरेर विवाहित जोडीहरूलाई धेरैभन्दा धेरै बच्चा जन्माउन प्रोत्साहन गर्ने बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।