माओवादीबाट धनगढीको मेयरमा अधिकारीको नाम सिफारिस

नेकपा माओवादी केन्द्रको धनगढी नगर कमिटीले धनगढी उपमहानगरपालिकाको मेयरमा शान्ति अधिकारीलाई पार्टीको तर्फबाट उम्मेदवार बनाउन सिफारिस गरेको छ ।
 
नगर कमिटीको बैठकले अधिकारीलाई मेयरको उम्मेदवार बनाउन पार्टीको जिल्ला समन्वय समिति र प्रदेश कमिटीलाई सिफारिस गरेको माओवादी धनगढी नगर कमिटीका सचिव रमेशप्रसाद भट्टराईले जानकारी दिए ।

अधिकारी गत स्थानीय तह निर्वाचनमा माओवादीबाट धनगढीको उपमेयरको उम्मेदवार बनेकी थिइन् । त्यस्तै, धनगढीको उपमेयरमा कृष्णप्रसाद चौधरी, सुरज खाती र बलबहादुर ऐरको नाम जिल्ला समितिलाई सिफारिस गरिएको सचिव भट्टराईले जानकारी दिए ।
 
उपमहानगरभित्र रहेका प्रदेश कमिटी तथा जिल्ला समन्वय समितिका सदस्य, पार्टीका विभिन्न आयोग र विभागका सदस्य, सल्लाहकार, नगर कमिटीका पदाधिकारीको सहितको बैठकले उम्मेदवारको नाम सिफारिस गरेको हो । कैलालीमा सत्तारुढ गठबन्धनले चुनावी तालमेल गरेर जाने निर्णय गरेका छन् । 

तालमेलमा सहमति भए पनि सत्तारुढ गठबन्धनबीच स्थानीय तहको नेतृत्व भागबण्डामा भने सहमति जुटेको छैन । ‘गठबन्धन भएको अवस्थामा परिस्थिति फरक होला । तर, एक्लै चुनाव लड्नुपर्ने परिस्थितिमा उहाँहरुमध्येबाटै उम्मेदवार बनाएर प्रतिस्पर्धामा जान्छौँ,’ भट्टराईले भने । 

गठबन्धनमा भएको सहमतिका आधारमा नगरले सिफारिसका आधारमा पार्टीले उम्मेदवार टुंग्याउने उनले बताए । सत्तारुढ दलहरुबीच कैलालीका अन्य स्थानीय तहमा कांग्रेसले गठबन्धन नगर्ने कुरा बाहिर आइरहेका छन् । 

धनगढीको हकमा भने गठबन्धन गर्ने भन्ने चर्चा छ । कांग्रेसले मेयर र माओवादी केन्द्रले उपमेयर पाउने चर्चा छ । वडा अध्यक्षमा गठबन्धन दलबीच बाँडफाँड हुने चर्चा छ ।





  • प्रकाशित मिति : बैशाख ३, २०७९ शनिबार १८:३९:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया