उद्योग वाणिज्य संघ निर्वाचन : दैलेखमा सर्वसम्मत, सुर्खेतमा निर्वाचन

उद्योग वाणिज्य संघ दैलेखको नेतृत्व सर्वसम्मतचयन गरिएको छ । शुक्रबार गरिएको संघको नवौँ अधिवेशनबाट कुलबहादुर विकको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन गरिएको हो ।

संघको वरिष्ठ उपाध्यक्ष नरेन्द्र थापा, वाणिज्य उपाध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, उद्योग उपाध्यक्ष राजेशकुमार हमाल, महासचिव प्रकाश पौडेल, सचिव अशोकुमार थापा र कोषाध्यक्ष सीताराम थापा चयन भएका छन् ।

यस्तै, सदस्यहरूमा शमशेर मल्ल, ध्रुवविक्रम थापा, रामबहादुर विक, राधा ज्ञवाली, विष्णुकुमारी जैसी, रामबहादुर बुढा, गणेश बुढा, सन्तोष श्रेष्ठ, शंकर श्रेष्ठ, र अजित श्रेष्ठलाई चयन गरिएको छ ।

शुक्रबार बसेको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले गंगाराम ढकाल, कमलप्रसाद शर्मा, सन्दीप खाँण र गोविन्द कार्कीलाई सदस्यमा मनोनीत गरेको छ भने निवर्तमान वरिष्ठ उपाध्यक्ष कविराज खत्रीलाई सल्लाहकार संयोजकमा मनोनीत गरिएको जनाइएको छ ।

उद्योग वाणिज्य संघ सुर्खेतमा भने आइतबार निर्वाचन हुने भएको छ । संघको कार्यसमितिका लागि संयुक्त व्यावसायिक ल्यानल र बृहत् लोकतान्त्रिक साझा व्यावसायिक गठबन्धन चुनावमा होमिएका छन् । संयुक्त व्यावसायिक प्यानलमा लक्ष्मण कँडेलले नेतृत्व गरिरहेका छन् भने साझा व्यावसायिक गठबन्धनमा हर्षविक्रम खड्काको नेतृत्व छ ।

कँडेल नेतृत्वको प्यानलमा वरिष्ठ उपाध्यक्ष पदमा सूर्यबहादुर रावत, वाणिज्य उपाध्यक्ष दीपेन्द्र ढकाल, उद्योग उपाध्यक्ष प्रेमप्रसाद पाण्डे, महिला उपाध्यक्ष तारा रावत, महासचिव भद्र भण्डारी, उप–महासचिव सुवेदी फेन्सी, कोषाध्यक्ष राजेन्द्र शाही र सह–कोषाध्यक्ष पदमा भीमप्रसाद पौडेलको उम्मेदवारी छ ।



यसैगरी, सदस्यमा रमेश बराल, दीपक खड्का, प्रकाशकुमार तिमिल्सेना, विशाल ढकाल, विन्द्र जैसी, बालकृष्ण हमाल (चालिसे), सागर भुसाल, टेकबहादुर थापा, सुरज थापा, लक्ष्मीकुमारी शर्मा तिवारी, गणेश खड्का, लक्ष्मीकुमारी कार्की, मिलन पन्त र ज्ञानेन्द्र विकको उम्मेदवारी छ ।

खड्का नेतृत्वको समूहमा वरिष्ठ उपाध्यक्ष पदका लागि गणेश बस्नेत, वाणिज्य उपाध्यक्ष प्रेमबहादुर रावत, उद्योग उपाध्यक्ष सिंहराज बम (राज), महिला उपाध्यक्ष कृष्णाकुमारी थापा, कोषाध्यक्ष रामप्रसाद पाण्डे, उप–महासचिव पूर्णदेव अधिकारी, सह–कोषाध्यक्ष सूर्यबहादुर खत्री (बमु) र महासचिव पदका लागि रामप्रसाद जैशीको उम्मेदावारी ।
 
यसैगरी, सदस्यहरुमा कृति गुभाजु शाक्य, हिमा उपाध्याय, अर्जुनजंग शाही, प्रमेबहादुर भण्डारी, मदनबहादुर थापा, लक्ष्मण खत्री (देवकोटा), नवराज गौतम, प्रेम शर्मा, अजय गुरुङ, भुवन ज्ञवाली, बुद्ध तामाङ, पूर्णप्रसाद जैशी (पाण्डे), जनक थापा, पहलसिंह बस्याल र सन्तोषकुमार बराइली छन् ।
   
यसैगरी सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीको समेतले खड्का नेतृत्वको गठबन्धनलाई समर्थन रहेको जनाएको छ ।



राष्ट्रिय प्रजातन्त्र पार्टीले एक विज्ञप्ति जारी गर्दैै हर्षविक्रम खड्काको नेतृत्वमा रहेको बृहत लोकतान्त्रिक साझा व्यावसायिक प्यानललाई समर्थन गरेको बताएको छ । 

संघका पूर्वअध्यक्षहरु निरक केसी, पदमबहादुर शाही, प्रकाश अधिकारी पूर्व वरिष्ठ उपाध्यक्ष प्रकाश उप्रेती, पूर्वमहासचिव मदनबहादुर खड्का, रामकृष्ण लामिछाने र पूर्वसचिव उदिराम डाँगीले खड्का नृतृत्वको साझा व्यावसायिक गठबन्धनलाई समर्थन गरिसकेका छन् ।

  • प्रकाशित मिति : बैशाख ३, २०७९ शनिबार २०:४०:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया