प्रस्तावित २० राजदूतविरुद्ध उजुरी आह्वान, १२ वैशाखभित्र उजुरी दिन सकिने

संसदीय सुनुवाइ विशेष समितिले विभिन्न मुलुकका लागि प्रस्तावित २० राजदूतविरुद्ध उजुरी आह्वान गरेको छ ।

गत शुक्रबार बसेको संसदीय सुनुवाइ विशेष समितिको निर्णयअनुसार आइतबार सार्वजनिक सूचना जारी गरेर संसदीय सुनुवाइका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान गरिएको हो । 

१२ वैशाखभित्र उजुरी दिन आह्वान गरिएको छ । त्यसपछि संसदीय सुनुवाइ हुनेछ । समितिको कार्यालय सिंहदरबार, इमेल, हुलाक तथा जिल्ला प्रशासन कार्यालयबाट समेत उजुरी दर्ता गर्न सकिने सूचनामा उल्लेख छ ।

२४ चैतको मन्त्रिपरिषद्को बैठकले परराष्ट्र सेवाका ८ सहित २० जनालाई राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । संसदीय सुनुवाइपश्चात राष्ट्रपतिबाट राजदूत नियुक्त हुने व्यवस्था छ ।





  • प्रकाशित मिति : बैशाख ४, २०७९ आइतबार ७:३५:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया