पाकिस्तानमा पञ्जाबको मुख्यमन्त्रीमा प्रधानमन्त्रीका छोरा हम्जा निर्वाचित

पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफका छोरा हम्जा सरिफ पञ्जाबको नयाँ मुख्यमन्त्री निर्वाचित भएका छन् । पञ्जाब बिधान सभामा पाकिस्तान मुस्लिम लिग (नवाज) का नेता हम्जा शनिबार मुख्यमन्त्रीमा निर्वाचित भएका हुन् । उनले आफ्नो पक्षमा १९७ मत ल्याए ।

पाकिस्तान तेहरिक–इ–इन्साफ (पिटीआई) पार्टीले चुनाव बहिष्कार गरेकाले हम्जाका प्रतिद्वन्द्वी परवेज इलाहीले कुनै मत प्राप्त गर्न सकेनन् । त्यसअघि संसदमा पिटीआईका सदस्यहरूले होहल्ला गरेका थिए । 

विधानसभामा पिटीआईका सदस्यहरूले उपसभामुख दोस्त मोहम्मद मजारीलाई हातपात गर्न खोजेपछि हंगामा मच्चिएको थियो ।

‘ममाथि आक्रमण गर्नेहरू पाकिस्तानमा मार्शल ल चाहन्छन् तर सफल हुनेछैनन्’, आफूमाथि हातपातको प्रयास भएपछि उपसभामुख मजारीले भने । तर, उपसभामुखका कारण पञ्जाबको संसदमा हंगामा मच्चिएको इलाहीले बताएका छन् ।

 ‘शनिबार संसदमा जे भयो त्यसको दोष उपसभामुख मजारीलाई जान्छ’, इलाहीले भने ।  
 





  • प्रकाशित मिति : बैशाख ४, २०७९ आइतबार ८:४८:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया