गठबन्धनले सोमबारसम्म महानगर र उपमहानगर उम्मेदवारको टुंगो लगाउने

पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेताहरू महानगरपालिका र उपमहानगरपालिकामा उठाउने उम्मेदवारको नाम भोलिसम्म टुंग्याउन सहमत भएका छन् । 

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन बैठकमा शीर्ष नेताहरूबीच सोमबारभित्र उम्मेदवार टुंग्याउन सहमत भएका हुन् । 

गठबन्धनमा महानगर र उपमहानगरको टुंगो केन्द्रले लगाउने यसअघि नै निर्णय भएको थियो । तर, यो विषयमा सहमति जुट्न सकेको थिएन । 

सत्तागठबन्धनले ३० वैशाखमा हुने स्थानीय चुनावमा ६ महानगर र ११ उपमहानगर भागबन्डा गरी उम्मेदवार उठाउने तयारी गरेका छन् । यद्यपि कहाँ कुन पार्टीको उम्मेदवारले टिकट पाउने भन्नेबारे भने टुंगो लाग्न बाँकी छ ।   





  • प्रकाशित मिति : बैशाख ४, २०७९ आइतबार १२:३८:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया