स्याङ्जामा जिप दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । जिल्लाको वालिङ नगरपालिका–१२ डाँडाखर्कस्थित आइतबार बिहान साढे १० बजे जिप दुर्घटना हुँदा एक बालकसहित पाँचजनाको मृत्यु भएको हो ।
जिपमा सवार ११ मध्ये ६ जना घाइते भएको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ । मृतकको पहिचान गर्ने प्रयास भइरहेको र घाइतेलाई उपचारका लागि पोखरा पठाइएको वालिङ नगरपालिकाका मेयर दीलिपप्रताप खाँणले जानकारी दिए ।
जिप चालक तथा यात्रुको पूर्ण विवरण प्राप्त हुन बाँकी छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।