नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले धनगढी उपमहानगरपालिकाको मेयर र उपमेयरको नाम सिफारिस गरेको छ । मेयरमा मदनराज रेग्मी र लोकेन्द्र बानियाँको नाम सिफारिस गरेको छ ।
आइतबार धनगढी उपमहानगर कमिटीको बैठकले मेयर र उपमेयरका लागि नाम सिफारिस गरेको हो । उमहानगरका उपमेयरमा रोजी बस्नेतलाई सर्वसम्मत उम्मेदवार छनोट गरेको छ ।
नगर प्रमुखका उम्मेदवार रेग्मी धनगढी उपमहानगर कमिटी अध्यक्ष हुन भने बानियाँ प्रदेश कमिटी सदस्य हुन । उपमेयर बस्नेत उपमहानगर कमिटी उपाध्यक्ष हुन् ।
१९ वटा वडा रहेको धनगढी उपमहानगरका सबै वडामा समाजवादीले उम्मेदवारी घोषणा गरी चुनावमा होमिने निर्णयसमेत नगर कमिटीले गरेको छ ।
वडाध्यक्षको सवालमा वडाबाट आएका सिफारिसका आधारमा जिल्ला किमटीले टुंग्याउनेछ भने वडा सदस्यको हकमा नगर कमिटीले उम्मेदवार चयन गर्ने नगर कमिटी अध्यक्ष मदन रेग्मीले बताए ।
समाजवादीले नगरका १९ वटै वडामा वटा कमिटी र टोल कमिटी गठन गरिसकेको छ । उपमहानगरपालिकामा समाजवादीले ८ हजार बढी सदस्यता वितरण गरेको जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।