इंग्लिस प्रिमियर लिगमा गएराति सम्पन्न खेलमा लेस्टर सिटी पराजित भएको छ । सुरुवाती अग्रता जोगाउन नसक्दा लेस्टर घरेलु टोली न्युकासल युनाइटेडसँग २–१ ले पराजित भएको हो ।
सेन्ट जेम्स पार्कमा भएको खेदमा न्युकासललाई जित दिलाउन दुवै टोल ब्रुनो गुइमारेसले गर्न सफल भए । लेस्टरका लागि एडेमोला लुकम्यानले एक गोल गरे ।
खेलको १९ औं मिनेटमा लुकम्याले लेस्टरलाई सुरुवाती अग्रता दिलाएका थिए । ३० औं मिनेटमा गुइमारेसले न्युकासललाई १–१ को बराबरीमा ल्याए ।
थप गरिएको समयमा गुइमारेसले व्यत्तिगत दोस्रो गोल गरेपछि घरेलु टोलीले २–१ को रोमाञ्चक जित हात पार्यो ।
जितसँगै ३२ खेलमा ३७ अंक जोडेको न्युकासल १४ औं स्थानमा रहँदा पराजित लेस्टर ३० खेलबाट ४० अंकका नवौं स्थानमा छ ।
लिगअन्तर्गतकै अर्को खेलमा वेस्टह्यामले बर्नेलीसँग १–१ को बराबरी खेलेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।